काठमाडौँ – प्रहरीले बाटोमा हिंडिरहेकी महिलालाई पैसा र गरगहना नदिए एसिड छ्याप्दिन्छु भन्दै प्र्यांक गर्ने एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी हुप्सेकोट गाउँपालिका–३ बस्ने प्रदीप भन्ने पूर्णचन्द्र भुसाल रहेका छन् ।


ADVERTISEMENT


नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले उनलाई सोमबार नवलपरासीको कावासोतीबाट पक्राउ गरेको हो । भुसालले एक महिलालाई बीचबाटोमै रोकेर पैसा, मोबाइल, गरगहना नदिए एसिफ छ्याप्ने भन्दै धम्की दिएको भिडियो आफ्नो बदमास केटा नामक युट्युब च्यानलमा सार्वजनिक गरेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो । प्र्यांकका नाममा आममानिसलाई यातना दिएको भन्दै ती युवकलाई पक्रउ गर्नुपर्ने आवाज उठेको थियो ।


ADVERTISEMENT

# # #


चौतर्फी दबाब सिर्जना भएपछि अन्ततः प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरएको छ । काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।