काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले स्वास्थ्य अनुसन्धान पारदर्शी बनाउन निर्देशन दिएका छन् । बुधवार  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री खापुङले  स्वास्थ्य क्षेत्रको अनुसन्धान पारदर्शी बनाउन परिषद्लाई निर्देशन दिएका हुन् ।


ADVERTISEMENT


उनले परिषद्को कर्मचारी विनीयमावली समस्या सम्बोधन गर्न पर्यत्न गर्ने बताउँदै उनले भने, ‘परीषद्को कर्मचारी विनीयमावली ४ वर्षदेखि अलमलिएको छ ।यो विषयमा अर्थ मन्त्रालयसंग छलफल गरी समाधान दिन पर्यत्न गर्छौ ।’ स्वास्थ्य क्षेत्रको अनुसन्धान आम नागरिकसंग पनि जोडिएको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


यस्तै, स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले भने स्वास्थ्य अनुसन्धानका विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र नवीनतम ज्ञान प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा पनि केन्द्रित हुनुपर्नेमा जोड दिए ।  ‘पछिल्ला वर्षहरूमा स्वास्थ्य अनुसन्धानको संस्कृति बढ्दै गएको छ ।

परिषद्ले स्वास्थ्य अनुसन्धानका विभिन्न विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र अनुसन्धान संस्कृतिको प्रवद्र्धन तथा नवीनतम ज्ञान र प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा पनि केन्द्रित हुनुपर्ने देखिन्छ’, उनले भने । परिषद्लाई संघिय संरचना बमोजिम सञ्चालन गर्नुपर्ने उनको भनाई छ ।

त्यसैगरि, परिषद्का कार्यकारी प्रमुख डा.प्रदीप ज्ञवालीले कार्यक्रममा परिषद्ले हालसम्म गरेका गतिविधि र परिषद्को संरचना बारे जानकारी दिएका थिए ।