काठमाडौँ– राष्ट्रियसभाको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको छ ।


ADVERTISEMENT


बिहीबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले ‘शपथसम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस’ भन्ने प्रस्ताव सदन समक्ष प्रस्तुत गरेका थिए । त्यस्तै बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल (पार्वती)ले राष्ट्रिय गौरवको आयोजनाको अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेश गरिन् । प्रतिवेदन पेश गर्दै उहाले समयमै सहज र सरलरूपमा आवश्यक सामग्री नपाउँदा आयोजना निर्माणको लागत बढिरहेको विषय प्रतिवेदनमा उल्लेख गरिएको जानकारी गराए ।


ADVERTISEMENT

# # #


राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि दक्ष र अनुभवी जनशक्ति खटाउनुपर्नेबारे पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसअघि बैठकको शुन्य समयमा सांसदहरुले वर्षाका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएकाले चाँडो खुलाउन सरकार गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।