काठमाडौँ– घाँस काट्न गएकी युवतीलाई सहयोग गर्ने बाहानामा करणीको प्रयास गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, युवतीलाई सहयोगको बाहाना गर्दै जबरजस्ती करणीको प्रयास गर्ने सैनामैना नगरपालिका–५ को गढवा मलमलाटोलमा बस्ने ४८ वर्षिय निलमणी दमाई प्रकाउ परेका हुन् ।


ADVERTISEMENT


प्रहरीका अनुसार, पिडित गत मंगलबर नेवारडाँडामा घाँस काट्न छिमेकी दिदीसँग घाँस काट्न गएकी थिइन् । यद्यपि काम विशेषले उनकी छिमेकी दिदी काम विशेषले फर्किएपछी एक्लै घाँस काटी भारी पुर्‍याउन लाग्दा उनको हातमा बारुलाले टोकेको थियो । सोहि क्रममा जंगलमा दाउरा काट्न गएका दमाईले सहयोग गर्ने बाहनामा गई युवतीमाथि एसंवेदनशील अङगहरुमा छुन खोज्दै करणीको प्रयास गरेका थिए ।


ADVERTISEMENT

# # #


यद्यपि दमाईको पञ्जाबाट उम्किएर घर आईपुगेपछि युवतीले ससुराको सहयोगमा प्रतिवादीविरुद्वा जाहेरी दिइन् । उजुरी पर्नासाथ पक्राउ परेका प्रतिवादी विरुद्व हाल करणीसम्बन्धी कसुर (उद्योग) अन्तर्गत म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।