काठमाडौँ– प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफुहरुको माग सम्बोधन नभएको भन्दै कर्मचारीहरुले मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडी प्रदर्शन गरेका छन् । प्रस्तावित ऐनमा नायब सुब्बाहरुको माग सम्बोधन नभएको भन्दै उनीहरुले सोमबार सामान्य प्रशासन मन्त्रालय अगाडी प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT


कर्मचारीहरुले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० प्रतिशत तथा बढुवा ३० प्रतिशत, आन्तरिक/अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग गरेका छन् । उनीहरुले नासु मारा ऐन चाहिदैन, नासुलाई बढुवामा हेप्न पाईदै, कुनै एक पदमा कार्यरत कर्मचारी अधिकतम १० बर्षमा माथिल्लो पदमाा बढुवा हुने व्यवस्था गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।


ADVERTISEMENT

# # #


कर्मचारीको पेशागत हित र वृत्ति विकासका विषयलाई ध्यान नदिएकोले आन्दोलनको सुरुवात गर्नुपरेको कर्मचारीहरुले जनाएका छन् ।