काठमाण्डौं-दोलखामा बाम गठबन्धनका प्रतिनिधिसभाका लागि एमाले उम्मेदवार पार्वत गुरुङ भारी मतले विजयी भएका छन् । उनी ३०१५० बढी मतले विजयी भएका हुन्। उनले ५५९५४ मत प्राप्त गरे । उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्र खड्काले २५८०१ मत पाए।


ADVERTISEMENT


त्यस्तै प्रदेश सभा १ (क) माओवादीका विशाल खड्का २८३५० मत ल्याएर विजयी भए। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १२९५६ मत ल्याए ।


ADVERTISEMENT

# # #


त्यस्तै प्रदेशसभा १ (ख) मा एमालेका पशुपति चौलागाईँ २३ हजार ३८ मतले विजयी भए। उनका निकट्तम प्रतिद्वन्द्वी केशव चौलागाईँले १०८८० मत ल्याए।