काठमाण्डौं-प्रतिनिधिसभा–३ मा नेकपा(माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसाल विजयी भएकी छन् । भुसाल २४ हजार ३६ मत ल्याएर विजयी भएकी हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मदनबहादुर अमात्यले २२ हजार ३२९ मत पाएका छन् ।


ADVERTISEMENT


भुसाल दोस्रो पटक यस क्षेत्रबाट विजयी भएकी हुन । उनी यसअघि वि सं २०६४ मा भएको संविधानसभा निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएकी थिइन् । सुश्री भुसाल प्रतिनिधिसभामा काठमाडौँ उपत्यकाबाट विजयी घोषणा भएको पहिलो महिला उम्मेदवार हुन् ।


ADVERTISEMENT

# # #


भुसाल लामो समयदेखि ललितपुर क्षेत्रमा बसोबास गर्दै आएकी थिइन् । तत्कालीन नेकपा(माओवादी) सरकारमा हुँदा तीन पटक मन्त्री भइसकेकी छन् ।