काठमाडौँ – लोकप्रिय टू–ह्वीलर्स कम्पनी टीभीएसले अपाचे ओनर्स ग्रुप्प (एओजी) अन्तर्गत विराटनगरमा रहेका मोटरसाइकल धनीहरुका लागि एओजी राइड सम्पन्न गरेको छ ।


ADVERTISEMENT


साउन शनिवार विराटनगर महेन्द्र चोकबाट सुरु भएको राइड नेता चोक–विराट चोकदेखि इटहरी–इनरूवा हुँदै कोशी टप्पु स्थित अकवा बर्ड ईको रिसोर्टसम्म पूरा गरेको हो । उक्त राइडमा विभिन्न पेशाका ३५ सहभागी थिए ।


ADVERTISEMENT

# # #


एओजीका लागि आवेदन गरेका २०० भन्दा बढी व्यक्तिमध्ये चयनप्रक्रियामा ३५ जनालाई छनोट गरिएको टीभीएसले जनाएको छ । चयन हुन नसकेका बाँकी आवेदकलाई टीभीएसले विराटनगरकै भविष्यमा हुने अरू संस्करणहरूमा सहभागी गराउने जनाइएको छ ।

अनुभवी मार्सलको निगरानीमा हुने एओजी राइडका क्रममा राइडरलाई सडक सुरक्षाजस्ता विषयमा प्रशिक्षण समेत दिइएको थियो । साथै विभिन्न रोमाञ्चक खेलको आयोजना गर्नुका साथै विजेतालाई पुरस्कार र सहभागीलाई प्रमाणपत्र वितरण समेत गरिएको छ । राइडरलाई निशुल्क राइडिङ गियर समेत उपलब्ध गराइएको टीभीएसको भनाई छ ।

एओजी राइडपति प्रतिक्रिया दिँदै टीभीएस मोटरसाइकलका लागि प्रोडक्ट म्यानेजर जगदम्बा मोटर्सका प्रशान्त राजभण्डारीले राइडरको उत्साह देखेर निकै खुसी लागेको बताए । उनले भने, ‘हामी चाँडै एओजी राइडको अर्को यात्रा सञ्चालन गर्नेछौँ । एओजीको उद्देश्य नेपालमा अपाचे राइडर्सहरुको समूहलाई बलियो बनाउँदै ग्राहकहरुलाई अझै नजिक राख्ने प्रयास हो ।

यस्तै कोशी टप्पु स्थित अकवा बर्ड ईको रिसोर्ट पुगेका सहभागी सन्दीप पोख्रेलले मार्शलसँग धेरै सवारी प्रविधिहरू सिक्नुका साथै नयाँ साथीहरू भेट्न पाएको प्रतिक्रिया दिए ।

यसअघि नेपालका विभिन्न ठाउँहरुमा एओजी राइड सम्पन्न गरिसकेको टीभीएसले आगामी दिनमा पनि विभिन्न ठाउँमा आयोजना गरिने जनाएको छ । राइडमा सहभागी हुनेले अन्तर्राष्ट्रिय कार्यक्रममा समेत सहभागी हुने मौका पाउने बताइएको छ ।