काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन बाहिर रहेका साना कम्युनिष्ट घटकलाई एकतामा आउन आह्वान गरेका छन् ।


ADVERTISEMENT


तुल्सीलाल अमात्यको २५ औँ स्मृति दिवसको अवसरमा मंगलबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले कम्युनिष्ट पार्टी सिद्धाउने दुष्ट उदेश्य भएका वामपन्थी भन्नेहरु गठबन्धनमा रहेको भन्दै गठबन्धन बाहिर रहेका कम्युनिष्ट वामपन्थी व्यक्तिहरु शक्तिहरुलाई पार्टी एकताका लागि आह्वान गरेका हुन् । ओलीले कम्युनिष्ट सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनेहरु सच्चा वामपन्थी हुनै नसक्ने तर्क गरे ।


ADVERTISEMENT

# # #


त्यस्तै उनले जनादर्न शर्मामाथिको छानबिन पूर्ण नै नभएको भन्दै गठबन्धनले निर्लज्ज तवरले उनलाई नै अर्थमन्त्री बनाएको बताए । करको दर हेरफेरमा व्यक्तिमात्रै नभएर सिंगै सरकार र गठबन्धनको संलग्नता देखिएको उनको भनाई छ ।

त्यस्तै अध्यक्ष ओलीले वर्तमान सरकारको नेतृत्व गरिरहेको कांग्रेस देशद्रोही पार्टी भएको आरोप लगाए । मात्रिकाप्रसाद कोइरालाको नेतृत्वको सरकारले नै ११ साल देखि नै देशको हितबिपरितको सम्झौता हुन सुरु भएको उनले बताए । उनले मात्रिकाप्रसाद कोइरालाको तत्कालीन सरकारले नै उत्तरी छिमेकी देशको सिमानामा दक्षिणी छिमेकीको फौज लगेर राखेको र स्वाधिवनता विपरितको काम भएको आरोप लगाए ।

अध्यक्ष ओलीले कांग्रेसले विगतदेखि नै देशभक्तहरूमाथि दमन गरेको र त्यसले अहिले पनि निरन्तरता पाइरहेको तर्क गरे ।