मेलम्ची खानेपानी आयोजनाको बैँक जमानत सम्बन्धी मुद्दामा चिनको हेनान् प्रान्तको उच्च अदालतले हिमालयन बंैक र बंैक अफ काठमाडौंको पक्षमा फैसला गरेको छ ।


ADVERTISEMENT


ग्यारेन्टी बापतको रकम सम्बन्धित बैँकलाई फिर्ता गनुपर्ने गरी उच्च अदालतले जुलाई २५, २०२२ मा फैसला गरेपछि अब चाईना कन्सट्रक्सन बैँकले काउन्टर ग्यारेन्टी बापतको रकम फिर्ता गर्नुपर्ने छ ।


ADVERTISEMENT

# # #


फैसला अनुसार हिमालयन बैँकले काउन्टर ग्यारेन्टी बापतको ६६ लाख ५५ हजार अमेरिकी डलर (८४ करोड २९ लाख ४१ हजार बढी नेपाली रुपैयाँ) फिर्ता पाउने छ । यस मुद्दामा चीनको झेङ्गझाउ जिल्ला अदालतले सन् नबेम्बर ६, २०२० मा पनि नेपाली बैँकहरुको पक्षमा फैसला गरेको थियो तर उक्त फैसला उपर चित्त नबुझेको भन्दै ठेकेदार कम्पनी चाइना रेलवे १५ ब्युरोले उच्च अदालतमा अपिल दायर गरेको थियो ।

हिमालयन बैँक र बैँक अफ काठमाडौंले सन् २००८ मा चाईना कन्सट्रक्सन बैँकको ग्यारेन्टीमा चाइना रेलवे १५ ब्यूरो कम्पनीको नाममा काउन्टर ग्यारेन्टी जारी गरेको थियो । हिमालयन बैँकले न्यायका लागि अनवरत सहयोग गर्ने नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खानेपानी तथा सरसफाई मन्त्रालय, चीन सरकारसंग सम्बन्धित संस्थाहरु लगायतलाई धन्यवाद दिएको छ ।