काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै अनेरास्ववियुले आयल निगममा विरोध प्रदर्शन गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।


ADVERTISEMENT


अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण नेपालमा पनि घटाउनुपर्ने भन्दै अनेरास्ववियु वाग्मती प्रदेश उपत्यका विशेष कमिटीले निगममा प्रदर्शन गरेका हुन् ।
उनीहरुले स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गरेका छन् । प्रदर्शनमा सहभागीहरुले मूल्य वृद्धि फिर्ता गर्, स्वचालित मूल्य प्रणाली कायम गर लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।


ADVERTISEMENT

# # #


अनेरास्ववियु वाग्मती प्रदेश उपत्यका विशेष कमिटीका अध्यक्ष पंकज भण्डारीले पेट्रोलियम पदार्थको मूल्य बढ्दा दैनिक उपभोग्य वस्तु लगाएतको मूल्यवृद्धि भएको हुँदा अहिले पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा पनि घटाउनुपर्ने बताए । उनले आफ्नो कमजोरी लुकाउन निगमले सदैव घाटा मात्र देखाउने गरेको आरोप लगाए ।

विद्यार्थीहरुको ध्यानाकर्षण पत्र बुझ्दै निगमका अधिकारीहरुले स्वचालित मूल्य प्रणाली लागू गर्न निगम प्रतिवद्ध रहेको जनाएका थिए । अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य समायोजन नभए कडा संघर्ष गर्ने चेतावनी दिएको छ ।