उदयपुर – सशस्त्र प्रहरी र नेपाल प्रहरीले सप्तकोशीको श्रीलंका टापुमा फसेकाहरूको उद्धार थालेका छन् । सप्तकोसी नदी अस्थायी बाँध कटान गरेर बस्ती पसेपछि डुबानमा परेका उनीहरुको उद्दार थालिएको हो ।


ADVERTISEMENT


बाढीले बस्ती पूरै डुबानमा परेपछि उद्दारका पर्खाईमा रहेका सयौँ मानिसहरुलाई सुरक्षाकर्मीको टोलीले सुरक्षित स्थानतर्फ सार्न सुरु गरेको छ । बेलका नगरपालिका–८ लाहुरेखोच डुम्रीबोटमा सप्तकोसीको अस्थायी बाँध फुटेको थियो ।


ADVERTISEMENT

# # #


सप्तकोसीले कटान गरेपछि उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती प्रभावित भएका छन् ।