काठमाडौँ – उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा सप्तकोशी नदीले कटान गरेको छ ।


ADVERTISEMENT


पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धार गरिएको छ । बेलका नगरपालिका–८ लाहुरेखोच डुम्रीबोटमा सप्तकोशी को अस्थायी बाँध फुटेको थियो । सप्तकोशीले कटान गरेपछि उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती प्रभावित भएका छन् ।


ADVERTISEMENT

# # #


सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेपछि प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की सहितको टोलीले स्थलगत अनुगमन गरेको छ ।