काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडलले आगामी निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।


ADVERTISEMENT


बिहीबार ललितपुरमा आयोजित एमाले जिल्ला स्तरिय प्रशिक्षण भेलामा बोल्दै पौडेलले आगामी निर्वाचनमा देशभरी एमालेले चूनाव जित्ने र ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् । एमाले सवैभन्दा बलियो राष्ट्रिय शक्ति भएका कारण सवै दल मिलेर गठबन्धन बनाएको उनको भनाई छ । पौडेलले एमालेभित्रको अन्तरविरोधलाई हटाएर संगठनलाई बलियो बनाएर अघि बढ्नुपर्ने धारणा राखे ।


ADVERTISEMENT

# # #


आगामी निर्वाचनमा राज्यशक्तिको दुरुपयोग हुन सक्ने भन्दै उनले जनताको शक्तिको अगाडी राज्यशक्तिको दुरुपयोग बलियो हुन नसक्ने तर्क गरे । मंसिर चार गर्ने निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा तीन महिनाको अवधिमा पार्टीको बिचारलाई जनतामाझ लानुपर्ने उनले बताए ।

उनले एमालेलाई संसदको ठूलो पार्टी बनाउनका लागि तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।