काठमाडौँ– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निजी क्षेत्रका वाणिज्य बैंकहरुलाई टक्कर दिएको छ । बैंकले गत आर्थिक वर्ष २०७८÷०७९ को चौथो त्रैमासिक विवरण सार्वजनिक गर्दा अन्य बैंकको तुलनामा सबैभन्दा बढी नाफा आर्जन गरेको देखिएको हो ।


ADVERTISEMENT


जसमा खुद नाफा ३७.३८ प्रतिशत अर्थात् १ अर्ब ४१ करोड ८७ लाख ७० हजार रुपैयाँ बढेको देखिएको छ । जबकी सोही अवधिमा बैंकले गत वर्ष यो ३ अर्ब ७९ करोड ५४ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष बैंकले ५ अर्ब २१ करोड ४२ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जनगरेको हो ।


ADVERTISEMENT

# # #


निजी क्षेत्रका वाणिज्य बैंकलाई टक्कर दिँदै राष्ट्रिय वाणिज्य बैंक धेरै नाफा आर्जन गर्नेमा एक नम्बर बनेको हो । यसअघि नै वित्तीय विवरण सार्वजनिक गरेको ग्लोबल आइएमई बैंकले नाफा ५ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ । जुन राष्ट्रिय वाणिज्य बैंकको तुलनामा थोरै कम हो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढपछि नाफा बढेको हो । पछिल्लो समय व्यवस्थापन टिममा अब्बल ब्यक्तिको प्रवेशसँगै बैंले ठूलो प्रगति गरेको हो ।

गत असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १७.२९ प्रतिशत बढेर ९ अर्ब ६६ करोड ९२ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ८ अर्ब २४ करोड ३९ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत असारसम्ममा बैंकको खुद फि तथा कमिसन आम्दानी ६.८८ प्रतिशत घटेर ६७ करोड २ लाख ५९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.५३ प्रतिशत बढेर ११ अर्ब २७ करोड ७९ लाख ८८ हजार रुपैयाँ, सञ्चालन मुनाफा ३७।६७ प्रतिशत बढेर ७ अर्ब १ करोड ८४ लाख ९६ हजार रुपैयाँ, र वितरणयोग्य नाफा ३२.९५ प्रतिशत घटेर ३ अर्ब ३ करोड २३ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४६.६९ प्रतिशत बढेर १४ अर्ब ९४ करोड ३ लाख ५९ हजार रुपैयाँ, जगेडा कोष ०।२९ प्रतिशत बढेर १८ अर्ब ५४ करोड २९ लाख १८ हजार रुपैयाँ, निक्षेप १।६९ प्रतिशत घटेर २ खर्ब ५९ अर्ब ३८ करोड ३२ लाख ६७ हजार रुपैयाँ र कर्जा १९.२२ प्रतिशत बढेर २ खर्ब १२ अर्ब ४ करोड ९५ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३७ पैसा घटेर ३४ रुपैयाँ ९० पैसामा सिमित भएको छ । अघिल्लो वर्ष ३७.२७ रुपैयाँ प्रतिसेयर आम्दानी थियो ।