काठमाडौँ– बिहिवार मात्रै मन्त्रीपरिषद्को बैठकले मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेको छ । यससंगै निर्वाचनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट तयारी गर्न समेत थालिसकेका छन् । यस्तै, केही राजनीतिक दलका समर्थकहरु भने उनीहरुका निकट नेताका लागि भोट माग्न शुरु गरेका छन् ।


ADVERTISEMENT


यसैबीच नेपाली कांग्रेसका प्रभावशाली युवा केन्द्रीय सदस्य नैनसिंह महरका समर्थकहरुले पनि डिजिटल पोस्टर बनाएर उनका लागि भोट माग गर्न गरेका छन् । ‘गाउँ शहर, परिवर्तनको रहर, हाम्रो रहर संघीय ससंदमा नैनसिंह महर’ को मूल नारा लगाउँदै महरका निम्ति डिजिटल नारा प्रचार गर्न शुरु गरेका हुन् ।


ADVERTISEMENT

# # #


नेविसंघका पूर्व अध्यक्ष समेत रहेका महरले शिक्षा, स्वास्थ्यलाई निःशुल्क गर्नुपर्ने माग जोडतोडका साथ उठाउदै आएका छन् ।