काठमाण्डौं-गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा एमाले सचिव गोकर्ण विष्ट विजयी भएका छन् । विष्टले कांग्रेस उम्मेदवार चन्द्रबहादुर केसीलाई १४ हजार ४६१ मत अन्तरले हराएका हुन् । विष्टले ३४ हजार ६१८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी केसीले २० हजार १५७ मत पाएका छन् ।


ADVERTISEMENT


क्षेत्रनम्बर २ अन्तर्गतका प्रदेशसभाका दुबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।


ADVERTISEMENT

# # #


क्षेत्र नम्बर २ (क) मा वाम गठबन्धनबाट एमालेका खड्ग केसी विजयी भए । केसीले नेपाली कांग्रेसका शालिकराम पन्थीलाई ४ हजार ४९२ मतअन्तरले पराजित गरेका छन् । एमाले उम्मेदवार केसीले १६ हजार एक सय ६५ र कांग्रेस उम्मेदवार पन्थीले ११ हजार ६ सय ७३ मत पाए ।