काठमाण्डौं-नेकपा एमालले धनकुटामा प्रतिनिधि तथा प्रदेशसभामा क्लिन स्विप गरेको छ । प्रतिनिधिसभा सदस्यमा एमालेका राजेन्द्र राई विजयी भएका छन् । उनले राप्रपा प्रजातान्त्रिकका सुनिलबहादर थापालाई पराजित गर्दै जित निकालेका हुन् ।


ADVERTISEMENT


राईले ३७ हजार ३३३ मत ल्याएका हुन् । थापाले २६ हजार ८७४ मत पाए । राप्रपा प्रजातान्त्रिकले धनकुटाबाट पनि जितको अपेक्षा गरेको थियो । पूर्व मन्त्री सुनिल थापा स्वर्गीय पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।


ADVERTISEMENT

# # #


एमालेले धनकुटामा २ वटै प्रदेशसभामा जित हात पारेको छ । धनकुटाको प्रदेश ‘क’ मा एमालेका इन्द्रमणि पराजुली (२२०८८) र ‘ख’ मा निरन राई (१९६७८) विजयी भएका हुन् ।