काठमाण्डौं-मकवानपुर क्षेत्रनम्बर १ मा राप्रपा अध्यक्ष कमल थापा एमाले उम्मेदवार कृष्णप्रसाद दाहालभन्दा पाँच हजार भन्दा बढी मतअन्तरले पछि परेका छन् । कांग्रेसको समेत समर्थनमा चुनाव लडेका थापाले २१ हजार ७५३ मत पाउँदा वाम गठबन्धनका साझा उम्मेदवार एमालेका दाहालले २६ हजार ८४२ मत पाएका छन् ।


ADVERTISEMENT


दाहाल र थापाबीचको मतान्तर ५ हजार ८९ छ । मतगणनाको सुरुआतमा कमल थापाले अग्रता लिए पनि पछिल्लो समयमा दाहालले थापासँगको मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।


ADVERTISEMENT

# # #