काठमाडौँ – मंगलबारराति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ ।


ADVERTISEMENT


मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको हो । सुकुम्वासी बस्ती डुबानमा पर्दा घरभित्रका लत्ताकपडा, खाद्यान्न र अन्य सामान नष्ट भएको, कुखुरा र बङ्गुर बगाएको स्थानीयले जनाएका छन् ।


ADVERTISEMENT

# # #


सुकुम्वासी बस्तीमा बाढी छिरेपछि उनीहरुले राज्यले आफुहरुका बारेमा कुनै चासो नदिएको गुनासो गरेका छन् ।