काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले आदिवासी जनजातीको भाषा कला संस्कृतिको संरक्षण प्रवद्र्धनका लागि आवश्यक अध्ययन अनुसन्धान गरी अभिलेखीकरण गर्न आदिवासी जनजाती आयोगलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT


सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले आदिवासी जनजातीको भाषा, कर्ला संस्कृति, भेषभुषाको विविधतायुक्त उपस्थीति राज्यको सांस्कृतिक सम्पती भएको र नागरिकका पहिचानका बिषयबस्तु पनि भएकाले भाषा कला संस्कृतिको संरक्षण प्रवद्र्धनका लागि आवश्यक अध्ययन अनुसन्धान गरि अभिलेखीकरण गर्न निर्देशन दिएको हो ।


ADVERTISEMENT

# # #


बैठकले यस सम्बधमा आवश्यक नीतिगत तथा कार्यगत योगदान पुग्ने गरि कार्यसम्पादन गर्न पनि आदिवासी जनजाती आयोगलाई निर्देशन दिएको छ ।

त्यस्तै बैठकले आदिवासी जनजाती आयोग क्रियाशील रहेको अवस्थामा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको विद्यमानताले उस्तै प्रकृतिको कार्यका लागि दोहोरो राज्यश्रोतको लगानी भएको देखिएको भन्दै एकै प्रकृतिका कार्यका लागि दोहारो संरचना आवश्यक भए नभएको पहिचान गर्न प्रधानमन्त्री कार्यालय र सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले जानकारी दिए ।

त्यस्तै समितिले विश्वव्यापीकरणको कारण स्थानीय आदिवासी जनजातीको मौलिकतामा क्षयीकरण भए नभएको विषयमा वस्तुगत अध्ययन गर्न पनि आदिवासी जनजाती आयोगलाई निर्देशन दिएको छ ।