काठमाडौँ – सत्ता गठबन्धनले गठन गरेको कार्यदल बैठकमा दलहरु संसदमा हाल रहेको उपस्थितिलाई आधार बनाएर आगामी निर्वाचनको सिट बाँडफाँटको खाका बनाउन सहमति नजिक पुगेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको कार्यदल बैठकमा संसदमा दलहरुको संख्यालाई मुख्य आधार बनाउर्दै तालमेलको खाका बनाउने मोटामोटी सहमति भएको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उहाले तालमेलका लागि सहमतिको मोडालिटी तयार गर्ने विषयमा बैठकमा सकारात्मक रुपमा छलफल भएको बताए । विगतमा भएका निर्वाचन र अहिलेका संसदमा रहेको उपस्थितिको आधारलाई मानेर सिट बाँडफाँटको मोडालिटीमा थप छलफल हुने र निष्कर्षमा पुगिने उनले बताए ।

उनले स्थानीय तहको निर्वाचनको तथ्याङ्क फरक फरक आएका कारण अहिले संसदमा हाल रहेको उपस्थीतीलाई जोड दिईएको जानकारी दिए । गठबन्धनको बैठक साउन ३० गते बस्ने र निर्वाचनको सिट बाँडफाँटको मोडालीटि टुङ्गो लगाउने बताए ।