काठमाडौं –  नेकपा (एमाले) नेतृ लक्की शेर्पाले  पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग रक्षा बन्धन बाँधेकी छिन् । शेर्पाले शुक्रबार रक्षाबन्धनका अवसरमा अध्यक्ष  ओलीसँग रक्षा बन्धन बाँधेकी हुन् ।


ADVERTISEMENT


नेतृ शेर्पाले सामाजिक सञ्जाल फेशबुकमार्फत् ओलीको हातबाट रक्षाबन्धन बाँधेको तस्विर राखेर ब्लेस्ड मोमेन्ट भनेर लेखेकी छिन् । नेतृ शेर्पा पूर्वराजदूत समेत हुन् ।


ADVERTISEMENT

# # #


रक्षाबन्धनमा नेपालीहरुमा पनि  दाजुभाइलाई  दिदीबहिनीले राखी बाँध्ने प्रचलन बढिरहेको छ  । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व  देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइने गरिन्छ ।

पूर्णिमाका दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ ।

तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र)  धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । नेकपा