काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको हित र बिकासका कुनै काम गर्न नसकेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा आायोजित राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफु नेतृत्वको सरकारले विकासका धेरै कार्यक्रम ल्याएपनि वर्तमान सरकारले निरन्तरता दिन नसकेको आरोप लगाएका हुन् ।


ADVERTISEMENT

# # #


उनले यसअघिको एमाले सरकारले बिभिन्न राजमार्ग, देशैभर ३ सय ९६ अस्पताल लगाएका विभिन्न आयोजनाको शिलान्याश गरेपनि वर्तमान सरकारले पैसा अभाव भएको भन्दै उक्त आयोजनालाई निरन्तरता दिन नचाहेको जनाए ।

आफु प्रधानमन्त्री हुँदा लिपुलेक लिम्पियाधुरा, कालापानी फिर्ताका लागि पत्राचार नै गरेपनि अहिलेको सरकारले आफ्नो भुभागलाई समस्याका रुपमा चित्रण गरेको उनको भनाई छ । ओलीले मुलुकको बिकासका लागि स्वच्छ सरकार बन्नुपर्ने र त्यागी नेता हुनुपर्ने जिकिर गरे । आफ्नो पार्टीले सदैव युवाहरुलाई अवसर दिएको भन्दै ओलीले युवाहरुले नै देशलाई बनाउनुपर्ने अवस्था आएको धारणा राखे। उनले आफु सदैव देशका लागि समर्पित भएको र बाचुञ्जेल देशको सेवा गर्ने भनाई राखे ।

त्यस्तै अध्यक्ष ओलीले आफूसँग उपचार गर्ने पैसा समेत नभएको बताए । आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै, उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने उनको भनाई छ ।