काठमाण्डौं-प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट सोमप्रसाद पाण्डे विजयी भएका छन् । वाम गठबन्धनमा नेकपा एमालेबाट उम्मेदवार बनेका पाण्डेले ३४८९९ मत ल्याएर विजयी भएका छन् । उनले कांग्रेस उम्मेदवार हरिप्रसाद नेपाललाई १० हजार ३ सय ४५ मतअन्तर गरेर विजयी भएका हुन् ।


ADVERTISEMENT


कांग्रेस उम्मेदवार नेपालले २४ हजार ५ सय ५४ मत प्राप्त गरेका छन् । प्रदेशसभातर्फ भने क्षेत्र नम्बर २ (क) मा वाम गठबन्धनमा एमालेबाट उम्मेदवार बन्नु भएका डा. पुरनमान बज्राचार्य विजयी  भएका छन् । बज्राचार्य १६ हजार ४ सय २२ मतसहित विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका माधवप्रसाद नेपालले १३ हजार ४७० मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभा क्षेत्र नं. २ अन्र्तगत प्रदेशसभा (ख) मा वाम गठबन्धनमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगर विजयी भएका छन् । वाम गठबन्धनमा माओवादी केन्द्रका उम्मेदवार रहेका घर्तीले १६ हजार ४ सय २२ मत प्राप्त गरी विजयी भएका हुन ।

घर्तीले ४ हजार ९ सय २६ मत अग्रताका साथ बिजयी हुदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राम बहादुर कार्कीले ११ हजार ४ सय ९६ मत प्राप्त गरेका छन् ।