काठमाडौँ – निक्षेप तथा कर्जा सुरक्षण कोष र प्राइम कमर्सियल बैँक लिमिटेडबीच लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्नेसम्बन्धी सम्झौता भएको छ ।


ADVERTISEMENT


आइतबार भएको उक्त सम्झौतामा कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरे र बैँकका तर्फबाट महाप्रबन्धक सञ्जीव मानन्धरले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


सम्झौता अनुसार प्राइम कमर्सियल बैँकले लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा अन्तर्गत बिनाधितो सामूहिक जमानीमा लगानी गर्ने प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म, शैक्षिक प्रमाणपत्र धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ ।

यस्तै धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति २० लाख रुपैयाँसम्म, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिएर फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक लगानी वा परियोजना धितो अन्तर्गत लगानी गर्ने प्रतिव्यक्ति १० लाख रुपैयाँसम्मको कर्जामा सुरक्षण मिल्नेछ ।

यस्तै कोषको पूर्वसहमति लिइ महिलाद्वारा सञ्चालित लघुउद्यम परिषेजना अन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्नेलाई १५ लाखसम्मको कर्जा कोषले सुरक्षण गर्ने भएको छ ।

सम्झौता समारोहमा कोषका नायब प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरु र प्राइम कमर्सियल बैँकका तर्फबाट विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।