काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । मेयर राईले मंगलबार प्रचण्ड निवास खुमलटार पुगेर भेटवार्ता गरेका हुन् ।


ADVERTISEMENT


भेटवार्ताका क्रममा मेयर राईले प्रचण्डलाई धरानमा पानी ल्याउनका लागि सर्दुखोलामा भइरहेको श्रमदान अभियानमा सहभागी हुन प्रचण्डलाई निम्तो दिएका छन् । जवाफमा प्रचण्डले आउने वाचा गरेको मेयर राईले जनाएका छन् ।


ADVERTISEMENT

# # #


उनले फोसबुकमा भनेका छन्, ‘आज प्रचण्डसँग भेट भयो । मैले उहाँलाई सर्दु खोलामा श्रमदान गर्न आउने निम्तो दिएँ । उहाँले ‘हुन्छ’ भन्नुभयो, हेरौँ कहिले आउनु हुन्छ !’

स्वतन्त्र रुपमा निर्वाचन जितेका मेयर राई धरानका विभिन्न मुद्दा लिएर काठमाडौँमा रहेका छन् । उनले विभिन्न मन्त्री र शीर्ष नेताहरुसँग भेटवार्ता गरिरहेका छन् ।