काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि नैतिकताको प्रश्न तेर्स्याएका छन् ।


ADVERTISEMENT


मंगलबार सामाजिक सञ्जालमा काठमाडौँको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटोको भिडियो सार्वजनिक गर्दै मेयर बालेनले प्रचण्डले देश बनाउँदैछु भन्न नसुहाउने बताएका हुन् ।


ADVERTISEMENT

# # #


ककनीको बाटोको ठेक्का शैलुङ कन्स्ट्रक्सनले पाएको छ र त्यसका सञ्चालक शारदाप्रसाद अधिकारी हुन् । अधिकारी तिनै हुन् जसको घरमा प्रचण्ड बसिरहेका छन् । मेयर बालेनले ८ वर्षसम्म पनि ककनीको बाटो अलपत्र पार्ने ठेकेदार अधिकारीको घरमा अङ्गरक्षकजस्तो गरी बसिरहेका प्रचण्डले देश बनाउँदैछु भन्न नैतिकताले नदिने तर्क गरेका छन् ।

उनले भनेका छन्, ‘श्रीमान प्रचण्डज्यू ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’