काठमाडौँ – नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारी चयनको नजिक पुगेको जनाएको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय पेरिसडाडामा बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले पार्टी संगठनको बारेमा छलफल गर्दै पदाधिकारी चयनको नजिक पुगेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । उनले बिहीबार बस्ने स्थायी कमिटी बैठकले पदाधिकारी चयनको निर्णय गर्ने बताए ।


ADVERTISEMENT

# # #


बैठकमा केन्द्रीय कमिटी, पोलिट्व्युरो र स्थायी कमिटीलाई पूर्णता दिने बिषयमा छलफल भएको र बिहीबार नै अन्तिम टुङ्गो लाग्ने प्रवक्ता महराले जानकारी दिए । स्थायी कमिटी बैठकल बिहीबार बिहान पुन बस्ने माओवादीले जनाएको छ ।