काठमाण्डौं-मकवानपुर क्षेत्र नं १ मा प्रतिनिधिसभामा पराजय भोग्नु परेको नेता कमल थापाले आफूले पराजय सहर्ष स्वीकार गरेको बताएका छन् ।


ADVERTISEMENT


मत परिणामपछि थापाले सामाजिक सञ्जाल मार्फत बाम गठबन्धनका उम्मेदवार कृष्णप्रसाद दाहाललाई बिजयीको शुभकामना दिदै आफुलाई मत दिने सबै मतदाता प्रति कृतज्ञता व्यक्त गरेका छन् । साथै निर्वाचनको समयमा सहयोग गर्ने कार्यकर्ता शुभचिन्तक प्रति आभार व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले लेखेका छन्,

मकवानपुर क्षेत्र नं १ प्रतिनिधिसभा चुनावमा जनताको निर्णय शिरोधार्यगर्दै पराजय सहर्ष स्वीकार गर्दछु । कृष्णप्रसाद दाहालजीलाई बिजयी भएकोमा बधाई र शुभकामना । मलाई मत दिनुहुने सबैमा सादर कृतज्ञता । निर्वाचनमा अहोरात्र खटनुहुने राप्रपा र नेकाका कार्यकर्ता,शुभचिंतक र सहयोगीहरुमा हार्दिक आभार ।

राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्री थापालाई एमालेका दाहालले पराजित गरेका थिए । दाहालको पक्ष्यमा ४० हजार ६ सय ३१ र थापाले ३४ हजार ६ सय ५८ मत ल्याएका थिए । थापा अहिले देउवा सरकारमा उपप्रधान तथा उर्जामन्त्री रहेका छन् ।