काठमाडौँ – नेकपा एकीकृत समाजवादीले अगाामी निर्वाचनमा सम्मानजनक ढंगले सिटको बाँडफाँटका लागि गठबन्धनको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।


ADVERTISEMENT


बुधबार पार्टी कार्यालय तीनकुनेमा बसेको समाजवादीको सचिवायलय बैठकले गठबन्धनकोबीचमा सिटको बाँडफाँटका बारेमा छलफल चलिरहेको भन्दै सम्मानजनक सिटको बाँडफाँटका लागि ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


त्यस्तै बैठकले माओवादी केन्द्र र समाजवादीबीच समिति बनाएर एकता गर्नका लागि गृहकार्य गर्ने निर्णय गरेको छ भने आगामी निर्वाचनका लागि उम्मेद्वार छनौटको मापदण्ड र टिकट बितरणको निर्णय प्रक्रिया टुङ्गो लगाएतको समाजवादीका नेता गंगालाल तुलाधरले जानकारी दिए । बैठकले केहि केन्द्रीय सदस्यहरुको कार्यबिचाजन गरेको उनले बताए ।

त्यस्तै सचिवालय बैठकले आगामी भाद्र ९ गते पार्टीको पुनर्गठन दिवस मनाउने निर्णय गरेको छ ।