दार्चुला – दार्चुलामा आज जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा आउँदै गरेको जीप शैल्यशिखर–६ उलानीमा दुर्घटना भएको हो ।


ADVERTISEMENT


से१ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा जीपमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बताए ।


ADVERTISEMENT

# # #


घटनाको थप विवरण आउन बाँकी छ ।