काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको बताएका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले राष्ट्रपतिले नागरिकता विधेयक संसदले एकपटक विचार गरोस भनेर फिर्ता पठाएको भन्दै गठबन्धनले पाखुराको भाषा बोलेर जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरको र घमण्डीपन देखाएको बताए ।


ADVERTISEMENT

# # #


यस्तो भाषा बोल्ने गठबन्धनको सरकार हुनु दुर्भाग्य भएको उनले बताए । उनले संसदीय मूल्य मान्यतालाई नमान्नेलाई जनताले सरकारमा राख्न नहुने धारणा राखे । ओलीले गठबन्धनका सबै दलका नेताहरुको उद्देश्य जहान–परिवारको वरिपरि मात्रै घुमेको र गठबन्धनको कुनै लक्ष्य र औचित्य नै नभएको बताए ।

अहिले आफुलाई लोकतन्त्रीक पार्टीको दावी गर्ने कांग्रेसको विचारशून्य रहेको र अरु दललाई साथमा नलिई अघि बढन् नसक्ने अवस्थामा पुगेको तर्क गरे । ओलीले माओवादीले पार्टीको स्वरुप लिन नसकेको टिप्पणी गर्दै प्रचण्ड एण्ड कम्पनी मात्र भएको आरोप लगाए । ओलीले देशमा स्थीरता ल्याउन एमालेको जीत अपरिहार्य भएको बताए ।

कार्यक्रममा अध्यक्ष ओलीले जसपाका उपाध्यक्ष हेमराज राई लगाएतका नेता तथा कार्यकर्तालाई एमाले प्रवेश गराएका थिए । ओलीले पार्टीमा आएका नेताहरुलाई अलपत्र नपार्ने र आवश्यक जिम्मेवारी दिने जानकारी दिए ।