काठमाडौँ– नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयकलाई राजनीतिकरण गर्न खोजिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नागरिकता विधेयकमाथिको छलफलका क्रममा ज्ञवालीले नागरिकतासम्बन्धी विषय राष्ट्रियतासंग जोडिएको बिषय भएकाले कुनै दलले राजनीतिकरण गर्न नहुने बताएका हुन् ।


ADVERTISEMENT


उनले नागरिकताका बिषयमा जनमत विभाजित किमार्थ गर्न नहुने बताए । त्यस्तै उहाले नागरिकता विधेयक छिटो टुंगो लगाउन प्रमुख प्रतिपक्ष रहेको भन्दै जबर्जस्ती, टाउकाको गिन्तीको आधारमा टुंगो लगाउन खोजिए यसका दुष्परिणाम राम्रो नहुने जिकिर गरे । राष्ट्रपतिबाट उक्त बिधेयक फिर्ता आएर छलफलका लागि अवसर प्राप्त भएको ज्ञवालीको भनाई छ । उनले राष्ट्रपतिले आमाको गरिमा, प्रादेशिक पहिचान या अन्य यावत प्रश्नहरूलाई एकमुष्ट समाधान गरेर नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाइयोस् भनेर अवसर दिएको दाबी गरे ।


ADVERTISEMENT

# # #


त्यस्तै कांग्रेस सांसद मीन विश्वकर्माले नागरिकता विधेयकमा सम्बन्धमा दलहरुले मौसमी राष्ट्रियता देखाएको टिप्पणी गरे । पूर्व फर्किँदा एक खालको, पश्चिम फर्किँदा एक खालको राष्ट्रियता, उत्तर फर्किँदा एक खालको र दक्षिण फर्किँदा एक खालको राष्ट्रियता हुने गरेकाले समस्या भएको उनले बताए । उनले यसअघिको अध्यादेशलाई जस्ताको तस्तै विधेयक बनाइएको र यो राष्ट्रिय सहमतिमा नै भएको जिकिर गरे ।

त्यस्तै माओवादी केन्द्रका सांसद बर्षमान पुनले कार्यकारीको काममा प्रश्न उठाउने अवस्था आउन नदिने गरि पुन संसदबाट पारित गर्नुपर्ने जनाए। अहिलेको आवश्यकताका अनुसार नै नागरिकता बिधेयक ल्याइएको भन्दै उनले यसलाई आवश्यकता अनुसार आगामी दिनमा राष्ट्रिय सहमति अनुसार अघि बढाउन सकिने सरकारको प्रतिवद्धता आएको उनको धारणा छ । पुनले पनि नागरिकताजस्तो विषयलाई राजनीतिकरण नगर्न आग्रह गरे ।

बैठकमा राष्ट्रिय जनमोर्चाकी सांसद उपाध्यक्ष दुर्गा पौडेलले यो विधेयकलाई खारेज गरेर नागरिकताका विषयमा व्यापक छलफल गरेर अर्को विधेयक ल्याउनुपर्ने धारणा रारिन् । त्यस्तै सांसद हृदयेश त्रिपाठीले विधेयकलाई फिर्ता गर्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे