काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र उत्तर कोरियाका राजदूत जो योङ मेनबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत जो योङ मेनले बिहीबार मन्त्रालय पुगेर मन्त्री कुँवरसँग भेटवार्ता गरेका हुन् ।


ADVERTISEMENT


भेटमा उनीहरुबीच दुई देशबीचको नेपाल र उत्तर कोरियाबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगलाई निरन्तरता दिने लगायतका विषयमा छलफल भएको छ ।


ADVERTISEMENT

# # #


भेटमा मन्त्री कुँवरले उत्तर कोरियाले नेपाललाई पटकपटक गरेको सहयोगको लागि धन्यवाद दिए । त्यस्तै राजदूत मेनले नेपालमा लगानी गर्न आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञा प्रक्रिया सहज बनाइदिन मन्त्री कुँवरसँग आग्रह गरे ।