काठमाडौँ– अधिवक्ता सागर बराल लगायतको टोलीले डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) लाई मान्यता दिनुपर्ने भन्दै सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । क्रिप्टो लगायतका डिजिटल मुद्रालाई कानूनी मान्यता दिनुपर्ने माग राख्दै उनीहरुले बिहीबार सर्वाेच्चमा रिट दर्ता गराएका हुन् ।


ADVERTISEMENT


रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल राष्ट्र बैंक, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, र नेपाल प्रहरी प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ ।


ADVERTISEMENT

# # #


यसअघि नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबार तथा व्यवसाय गैरकानुनी रहेको भन्दै यसमा संलग्नलाई कारवाही गरिने बताएको थियो ।