काठमाडौँ– नेपालमा थप ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घन्टामा देशभर गरिएको २ हजार ८२ पिसिआर परिक्षणका क्रममा २ सय २४ जना र २ हजार ८ सय ४८ एन्टीजेन परिक्षणका क्रममा ३ सय १८ जनामा कोरोना पुष्टि भएको हो ।


ADVERTISEMENT


कोरोनाका कारण बिहीबार मृत्यु हुनेको संख्या शुन्य रहेको छ । त्यस्तै थप ४ सय २१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७७ हजार ३ सय ५८ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


हाल नेपालमा ५ हजार २ सय ६५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।