सुनसरी– प्रदेश १ स्थित सुनसरी क्षेत्र नम्बर २ मा यसपटक रोचक राजनीती हुने भएको छ । संघीय सांसदका लागि नेकपा एमालेका रेवतीरमण भण्डारी उम्मेदवार हुने भएका छन् भने नेपाली कांग्रेसबाट ३ जनाले उम्मेदवारी दाबी प्रस्तुत भएका छन् ।


ADVERTISEMENT


विगत लामो समयदेखि नेपाली कांग्रेसले जित्दै आएको यस क्षेत्रमा यसपटक वर्तमान सांसद सिताराम मेहता र केन्द्रिय सदस्यहरु राजीव कोइराला, राजीव ढुङ्गानाले उम्मेदवारी प्रस्तुत गरेका छन् । तर कांग्रेसबाट यी ३ जनामध्ये टिकट कसले पाउने त्यो भने प्रष्ट भइसकेको छैन ।


ADVERTISEMENT

# # #


विभिन्न गुटउपगुटमा बाँडिएको कांग्रेसमा टिकटका लागि लविङ्ग जारी रहेको छ भने एमालेबाट भण्डारीको उम्मेदवारी निश्चित देखिएका छन् । समाचार श्रोतका अनुसार, कांग्रेसमा संस्थापन (देउवा) समुहबाट मेहता र ढुङ्गानाको उम्मेदवारी दाबी रहेको छ भने संस्थापन इतर (कोइराला) समुहबाट राजीव कोइरालाले उम्मेदवारी दाबी रहेको छ ।

तर, सुनसरीको अघोषित इन्चार्ज रहेका संघीय मन्त्री तथा कांग्रेस केन्द्रिय नेता ज्ञानेन्द्र बहादुर कार्कीले कोइरालालाई उम्मेदवार बनाउनुपर्ने लविङ्गमा रहेको बुझिएको छ । सुनसरी २ मा संस्थापनइतरबाट कोइराला उम्मेदवार भए आफ्नो क्षेत्र सुनसरी ४ मा संस्थापनइत्तरले पनि खुलेर साथ दिने कार्कीको बुझाई रहेको कांग्रेसी कार्यकर्ताहरुले बताउने गरेका छन् ।

सुनसरी कांग्रेसका एक नेताका अनुसार कोइरालालाई संघीय उम्मेदवार बनाएर मेहतालाई समानुपातिक सुचिमा राख्ने र अर्का केन्द्रिय सदस्य ढुङ्गानालाई प्रदेश (क) तिर उम्मेदवार बनाउने चर्चा रहेको छ । मेहता जातीय बहुल्यता रहेको यस क्षेत्रमा सिताराम मेहता पटक पटक जित्दै आएका छन् ।

यता प्रदेश (ख) तिर भने एमालेका रामप्रसाद मेहता विरुद्ध कांग्रेसबाट विरेन्द्रकुमार मेहता (केएम) उम्मेदवार हुने चर्चा रहेको छ । पत्रकारिताबाट राजनीतिमा आएका केएम दक्षिण (देवानगञ्ज) का उम्मेदवार हुन् ।

नेपाली कांग्रेसमा दक्षिणी क्षेत्रको नेतृत्व र सहभागिताको ओकालत गर्दै आएका केएम प्रदेश क्षेत्रीय सभापति श्यामलाल मेहताको पनि सर्मथन प्राप्त उम्मेदवार हुन् । अहिलेसम्मको इतिहासमा दक्षिणबाट कोही कसैले पनि संसदीय उम्मेदवारी दावीसम्म नगरेका कांग्रेसमा केएमले पहिलोपटक दक्षिणी सहभागिताको माग गरेका हुन् ।

३० हजार मतदाता रहेको दक्षिण क्षेत्रबाट उम्मेदवार बनाए मात्र कांग्रेसले जित हासिल गर्न सक्ने भन्दै केएमले उम्मेदवारी दाबी प्रस्तुत गरेका हुन् । हाल काग्रेसका राजीव कोइराला प्रदेश सांसद रहेका यस क्षेत्रमा एमालेका रामप्रसाद मेहता गत चुनावमा झिनो मतले पराजीत भएका थिए । कोइरालाले प्रदेश छाडी संघीय उम्मेदवारी दावी गरेपछि मेहता जातीय र दक्षिण क्षेत्रीय कमिनेशन मिलाउन केएमको उम्मेदवरी हुने बताइएको छ ।

देवानगञ्जका पुराना कांग्रेसी नेता लालीप्रसाद मेहता, अर्का नेता सन्तोष भगत लगायत अन्तरघातको आरोपमा कारवाही सिफरिसमा परेपछि कांग्रेसले फ्रेस र शिक्षित यूवा उम्मेदवारको रुपमा केएमलाई उर्तान लागेका हुन् । एक नेताले भने पालिका चुनावमा लालीप्रसाद मेहताहरुले अन्तरघात नगरेको भए आज उनीहरु नै निरविकल्प उम्मेदवार हुने बताए । तर पार्टी विरुद्ध नै अन्तरघात गरेकाले पार्टीबाट उनीहरु अस्विकृत भएको उनको भनाई छ ।

उता क्षेत्रीय सभापति श्यामलाल मेहताले आफू चुनाव नड्ने र आफ्नो सर्मथन युवा उम्मेदवार विरेन्द्रकुमार मेहता (केएम) लाई रहने बताउँदै आएका छन् । केएम प्रदेश के संघीय सांसदकै लागि योग्य उम्मेवार हुन् । शिक्षीत तथा देश विदेश एवं राष्ट्रिय स्तरको प्रत्येक क्षेत्रमा उहाँको पहुच र पकड रहेको छ तर पार्टी केन्द्रिय नेताहरुलाई पनि व्यवस्थापन गर्नुपर्ने भएकाले केएमलाई प्रदेश सांसद उम्मेदवारको रुपमा उतार्न लागिएको हो ।

नेपाल कुशवाहा कल्याण समाजका केन्द्रिय सचिव समेत रहेका केएमलाई जातीय सर्मथन समेत रहने कांग्रेसको बुझाई रहेको छ । त्यस्तै पत्रकारिता पृष्ठभूमिका भएका कारण केएम अन्य दलका नेता कार्यकार्ताहरुमाँझ पनि उतिकै लोकप्रिय रहेका छन् ।

एक समाजिक अभियन्ताका रुपमा समेत परिचित केएमले सुनसरीको दक्षिणीभेग केन्द्रित धेरै विकास निमार्णका कार्यहरु पनि गराएका छन् । केएमकै अगुवाईमा भारतीय दुतावास मार्फत २ ओटा एम्बुलेन्स देवानञ्जमा आएको छ भने प्रदेश सरकार मार्फत दमल (वारुणयन्त्र) र अन्य दातृसंस्थाहरु मार्फत विद्यालय भवनहरु समेत निर्माण भएका छन् ।

त्यस्तै, केएमले आफ्ना आमा वुवाका नाममा दिक्षिणका विद्यालयहरुमा कम्युटर सहितका शैक्षिक सामाग्री वितरण गरेका छन् भने विद्यालयहरुमा आफ्नी हजुर आमाका नाममा छात्रवृतिका लागि अक्ष्यकोष समेत स्थापना गराएका छन् ।