काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन वामपन्थीहरु एक हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा वाईसीएलको राष्ट्रिय भेला उद्घाटन गर्दै प्रचण्डले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन र कम्युनिष्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन वामपन्थीहरु एक हुनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले माओवादी नेतृत्वमा समाजवादी क्रान्ति गर्न दुनियाँको कुनै तागतले रोक्न नसक्ने र परिवर्तनका वाहकहरुलाई पन्छाएर मुलुकको विकास असम्भव रहेको जिकिर गरे । अहिले संघर्षतिरभन्दा पद पाउनका लागि प्रतिस्पर्धा हुन थालेको उनको भनाई छ । प्रचण्डले राष्ट्रलाई एकतावद्ध गरि सुशासन र विकासलाई इमान्दारीपूर्वक रुपमा अघि बढाउन युवाहरुको एकतावद्ध सहभागिता अनिवार्य रहेको जिकिर गरे ।


ADVERTISEMENT

#
#


प्रचण्डले पार्टीभित्र देखिएका विचलनलाई सुधार्नका लागि महत्वपूर्ण योगदान गर्न आग्रह समेत गरेका छन् ।

प्रतिकृया

प्रतिकृया