तनुहँ– अन्तिम मतपरिणाममा ५ मतले पछि परेपछि तनहूँ क्षेत्र २ प्रदेश सभा (क) का नेपाली काँग्रेसका उम्मेदवार प्रदीप पौडेलले पुन: मतदानको माग गरेका छन् ।


ADVERTISEMENT


४२ मत फर्जी भेटिएको भन्दै उनले पुनः मतदानको माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


माओवादी केन्द्रकी उमेद्वार आशा कोइरालाले १६ हजार ६ सय ४६ मत ल्याइन् भने पौडेलले १६ हजार ६ सय ४१ मत ल्याएको सार्वजनिक भइसकेको छ । सुरुमा भनिएको भन्दा धेरै मत मतपेटिकामा भेटिएकाले आफुले पुन मतगणनाको माग गरेको पौडेलले बताएका छन् ।