तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य चुनावमा पराजित भएका छन् ।


ADVERTISEMENT


तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका पौडेल एमालेका किसानकुमार श्रेष्ठ किसानसँग ६४१४ मतान्तरले पराजित भएका हुन् ।


ADVERTISEMENT

# # #


तनँहुबाट पौडेल २०४८ देखि लगातार निर्वाचन जित्दै आएका थिए । २०४८ मा पौडेल क्षेत्र नं १ बाट विजयी भएका थिए । त्यसपछि २०५१, २०५६, २०६४ र २०७० मा उनी क्षेत्र नं २ बाट विजयी भएका थिए । यसपटक निर्वाचन क्षेत्र निर्धारण पछि उनी तनँहु १ बाट उम्मेद्वार बनेका थिए ।

२६ बर्षदेखि संसदीय निर्वाचनमा जित्दै आएका पौडेल तनँहुमा पहिलोपटक पराजित भएका हुन् ।