काठमाडौं– झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देन विजयी भएका छन् । उनी वाम गठबन्धनको सहयोगमा निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


केही बेरअघि सार्वजनिक गरिएको मत परिणामअनुसार लिङ्देनले ४४ हजार ६१४ मत ल्याएर कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलालाई पराजित गरेका हुन् । सिटौलाले ३१ हजार १७१ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


सिटौला सोही ठाउँबाट ०५६ र ०७० मा विजयी सांसद हुन् । त्यस्तै लिङ्देन यसअअघि सधैं पराजित थिए । ०७० मा उपविजेता बनेका लिङ्देन यसपटक एमाले–माओवादी केन्द्रसमेतको साथमा निर्वाचित हुन सफल भएका हुन् । योसँगै कमल थापा नेतृत्वको राप्रपाले खाता खोलेको छ ।