काठमाडौँ – नेपालमा थप ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ३ हजार ३ सय ८१ पीसीआर परीक्षणका क्रममा ४ सय ५ र ३ हजार २ सय ६२ एन्टीजेन परीक्षणका क्रममा २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै थप ४ सय ५६ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार २ सय ९६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।