काठमाडाैं – सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर  कार्कीको क्षेत्र अन्तर्गत प्रदेश (क)मा रमेश आचार्यले उम्मेद्वारी दाबी गरेका छन् । सुनसरी जिल्लाको पश्चिमी वराहक्षेत्र नगरपालिका वडा न ७ का स्थायी बासिन्दा एवम् नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य (अर्थ तथा योजना विभाग)  आचार्यले सुनसरी क्षेत्र नं ४ (क) बाट प्रदेश सभाको लागि उम्मेद्वारी दाबी गरेका हुन् ।


ADVERTISEMENT


आचार्य विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । उच्चशिक्षाका लागि राजधानी प्रवेशसँगै उनी बानेश्वर बहुमुखी क्यामपस नयाँ बानेश्वर काठमाडाैंमा स्नातक कमिटी अध्यक्ष हुँदै राजनीतिमा जोडिएका हुन् ।


ADVERTISEMENT

# # #


हुन त  नेता  आचार्य  २०५८ साल देखि नै  सुनसरीमा अनेरास्विवयूमा रही विद्यार्थी राजनीतिमा सक्रिय रहेका थिए । त्यतिमात्र नभएर उनीसँग युवासंघ नेपालको केन्द्रीय उधोग विभाग (सचिव) एवम् केन्द्रीय सदस्य,  केन्द्रीय स्थायी कमिटी सदस्य,  पार्टीमा जिल्ला सम्पर्कमञ्च सचिवालय सदस्य तथा स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारी  निभाएको अनुभव पनि छ ।

नेता आचार्यले नेकपा एसका केन्द्रीय सदस्य (अर्थ तथा योजना विभाग)  तथा सुनसरी-काठमाण्डू सम्पर्क मंचका अध्यक्षको भूमिका समेत निभाएका छन् । बहु कर्मशील आचार्यले   हाल भने युवासंघ नेपालको केन्द्रीय शिक्षा विभाग प्रमुख तथा सुनसरी सह=इंचार्ज भई युवा आन्दोलनको  नेतृत्व गरिरहेका छन् ।

सुनसरी क्षेत्र नं ४ (क) बाट प्रदेश सभाको लागि उम्मेद्वारी दाबी गरेसँगै क्षेत्रीय स्तरमा चर्चाका विषय बनिरहेका  नेता आचार्य भन्छन्, ‘युवाको राजनीतिमा हस्तक्षेपकारी भूमिका हुनुपर्दछ । युवाको नेतृत्व आम परिवर्तनकारी जनमानसको आवाज हो । त्यस आवाजको परिपूर्तिका लागि पनी मेरो उम्मेद्वारी हो।’

उनी पार्टीले युवाको आवाज सुन्ने र त्यसका लागि आवश्यक पहल गर्नेमा ढुक्क छन् । आफू पार्टीको एक सिपाही र नेपाली नागरिक भएको नाताले पनि देश र जनताको हितमा सदैव रहने उनले बताए ।आचार्यले  अर्थशास्त्रलाई राजनीतिमा जोड्दै देश विकासका लागि दीर्घकालीन एवम् दिगो योजना तथा नीति निर्माण गरी योगदान गर्ने  योजना रहेको बताए ।

 मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा सुनसरी क्षेत्र न ४ अन्तर्गत प्रदेश (क) बाट पाँच दलीय गठबन्धनको साझा उम्मेदवार स्वयम् नै बन्नेमा नेता आचार्य अडिग रहेका छन् ।

नेता आचार्यको शैक्षिक योग्यता

नेता आचार्यले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन, जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।  यसैगरी आचार्यले भारतको चेन्नई स्थित अन्नामलाई विश्वविद्यालयबाट मेरिट लिस्ट सहित मूल्य शिक्षा तथा आध्यात्मिकता विषयमा एम एससी  गरेका छन् । उनी अर्थशास्त्रलाई मूल विषय बनाई  एमफिल पूरा गरेका  स्क़ोलार समेत  हुन्।