काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङ अभियान अन्तरगत आज ४ सय १८ जना चालकहरू कारवाहीमा परेका छन् ।


ADVERTISEMENT


जसअन्तर्गत ट्राफिक नियम उल्लघन गर्ने ४४ जना विद्यार्थी चालकहरु कारवाहीमा परेका छन् । जसमा सवारी चालक अनुमती पत्र प्राप्त नगरी सवारी साधन चलाउने १६ जना, कागजपत्र साथमा नराखी सवारी सवारी साधन चलाउने १८ जना, मादक पदार्थ सेवन गरी सवारी चलाउने ३ जना, तीव्र गतिमा सवारी साधन चलाउने १ जना र अन्य कसुरमा ६ जना विद्यार्थी चालकहरू कारवाहीमा परेका हुन् ।


ADVERTISEMENT

# # #


सोही चेकिङकै क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य सवारी साधनका ३ सय ७४ जना चालकहरु पनि कारबाहीमा परेका छन् । जसमा बिहानै मादक पदार्थ सेवन गरी सवारी चलाउने ८ जना चालक रहेका छन् । जसमध्ये ख्वप बहुप्राविधिक अध्ययन संस्थान भक्तपुरको बा १ क ५४२८ नम्बरको बसका चालक १ जना समेत रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।