काठमाण्डौं-काभ्रे प्रतिनिधिसभा क्षेत्र नं १ र सो अन्तर्गतका दुबै प्रदेशसभा सदस्यमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभा क्षेत्र नं. १ मा नेकपा (माओवादी केन्द्र) का गंगाबहादुर तामाङ, प्रदेशसभा क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्रका) का रत्न ढकाल र प्रदेशसभा क्षेत्र न. २ मा नेकपा एमालेका चन्द्र लामा विजयी विजयी भएका हुन् ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभा क्षेत्र नं १ मा गंगाबहादुर तामाङले नेपाली कांग्रेसका तिर्थ लामालाई ४ हजार २६ मतले पराजित गरेका छन् । गंगाबहादुरले ४३ हजार ६ सय ३१ र तिर्थले ३९ हजार ६ सय ५ मत प्राप्त गरेका छन् ।

सांसदमा विजयी भएका लामा तेमाल गाउँपालिकाको निर्वाचनमा भने पराजित भएका थिए ।