काठमाण्डौं-नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेल १० हजार मतान्तरले बिजयी भएका छन् । नेता कण्डेल आफनो लोकिप्रियता र संगठनको आधारमा अधिक मत प्राप्त गर्दै आफनो निकटतम प्रतिद्वन्द्वी बाम गबठन्धनका उम्मदेवार एवं माओबादी केन्द्रको पोलिटब्युरो सदस्य घनश्याम यादवलाई १० हजार २ सय ३२ मतले पराजित गरेका हुन् ।


ADVERTISEMENT


निर्वाचन अधिकृतकको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार नेता कँडेलले ३४ हजार १ सय ४३, घनश्याम यादव २३ हजार ८ सय ९८ र राजपा नेपालका उम्मदेवार गोविन्द चौधरीले १६ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


नेता कण्डेल, घनश्याम यादव र गोविन्द्र चौधरी नवलपरासी बर्दघाट सुस्ता पश्चिम प्रतिनिधि सभा २ मा प्रतिनिधि सभा सदस्य पदका उम्मदेवार थिए । यि तिनवटै उम्मदेवारको यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो तर नेता कण्डेलेको शुरु देखिको बर्चश्वले यि दुईटा उम्मदेवारको मनमा निराशा छाएको थियो ।

यस क्षेत्रमा कुल १ लाख ५ हजार ८ सय ६९ मतदाता रहेका छन् । जसमध्ये यस क्षेत्रमा कुल ७७.५७ प्रतिशत मत खसेको थियो । यस क्षेत्रमा ५ हजार भन्दा बढी मत बदर समेत भएको छ ।