काठमाण्डौं-भक्तपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा एमालेका उम्मेदवार हरिशरण लामिछाने र (ख) मा नेमकिपाका सुरेन्द्रराज गोसाईं विजयी भएका छन् ।


ADVERTISEMENT


लामिछानेले निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धन (कांग्रेस) का उम्मेदवार जीवन खत्रीलाई २८ सय १२ मतले पछि पार्दै १२ हजार ७ सय ८९ सहित विजयी भएका हुन । खत्रीले ९ हजार ९ सय ७७ मत प्राप्त गरेका छन् । नेमकिपाका उम्मेदवार निरज लवजुले ७ हजार १९ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी प्रदेश (ख) मा नेमकिपाका उम्मेदवार गोसाईं भारी मतले विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी बाम गठबन्धन (माओवादी केन्द्र)का उम्मेदवार रोमन शिलाकारलाई १५ हजार ८ सय २२ मतले पराजित गर्दै २३ हजार ८ सय ८५ मत सहित विजयी भएका हुन् ।

शिलाकारले ७ हजार ७ सय ३१ मत ल्याए भने, लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अनिल भूजुले ५ हजार ३ सय २ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर १ को प्रतिनिधिसभाको मतगणना जारी छ ।

प्रतिनिधिसभामा नेमकिपाका उम्मेदवार प्रेम सुवालको अग्रता रहेको छ ।