काठमाडौँ – केन्यामा जारी दुईदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेत सिरिजको तेस्रो खेलमा घरेलू टोली केन्याले नेपाललाई १५७ रनको चुनौती दिएको छ ।


ADVERTISEMENT


केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १५६ रन बनायो । राकेप पटेल र इरफान करिमले तेस्रो विकेटका लागि नटआउट १२७ रनको शानदार शाझेदारी गरेपछि केन्याले उच्च योगफल तयार पारेको हो ।


ADVERTISEMENT

# # #


जसका लागि राकेपले ४३ बलमा ५ चौका र ४ छक्काको मदतमा नटआउट ७३ रनको शानदार इनिङ खेले । यस्तै इरफानले ४७ बलमा ४ चौका र २ छक्काको मदतमा नटआउट ५५ रनको यागदान दिए । यस्तै कोलिन्स ओबुयाले १४ र सुकदीप सिंहले ८ रन बनाएर आउट भए ।

नेपालका लागि सोमपाल कामी र आदिल आलमले १–१ विकेट लिनुबाहेक अन्य बलरले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । नेपालले केहीबरमा जवाफी ब्याटिङ गर्दैछ ।