काठमाडौँ – नेपालमा थप २ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको २ हजार ६४ पीसीआर परीक्षणका क्रममा १ सय ६४ जना र १ हजार ७ सय ६९ एन्टीजेन परीक्षणका क्रममा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप ४ सय ६२ संक्रमित निको भएका छन् ।


ADVERTISEMENT

# # #


हाल नेपालमा ३ हजार ३ सय १३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।